४ भाद्र २०७७, बिहिवार
रामेछापमा आजराती देखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा घोषणा भएको छ ।
कोरोनाको सक्रमण रामेछापमा पनि निरन्तर बढी रहेको र उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा घोषणा गरेको हो ।
जिल्लामा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन् । शर्माका अनुसार जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटारलगायत प्रवेश नाकाहरुबाट बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल आवातजावत गर्नसमेत रोक लगाइएको छ ।
बुधबार जारी सूचनाम (औषधी, खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विधुत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन) बाहेकका अन्य सबै सेवा सन्चालनमा रोक लगाइएको उल्लेख छ । अत्यावश्यक कार्यमा मास्क बिना घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।
सूचनामा भनिएको छ, ’स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने, औषधी, खाद्यान्न, फलफूल, तरकारी दुध लगायतका अत्यावश्यक सेवाका पसलहरु बिहान ५ बजेबाट ९ बजे सम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने, बैक वित्तीय संस्था र सहकारी कार्यालयहरु बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने।’ उल्लेख छ ।