३ भाद्र २०७७, बुधवार
बुधबार थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
यसैगरी २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भएका छन । यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ।
विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख ५४ हजार बढीको पिसिआर परीक्षण भैसकेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म १२० जनाको कोरोनावाट मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर