३ भाद्र २०७७, बुधवार

नेपाल प्रहरीले म्युजिक भिडिओमा झण्डा जलाउने समूहका नौ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा अहिलेसम्म नौ जना पक्राउ परेको उल्लेख छ।

सोमबार ‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो।

उक्त घटनामा संलग्न सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गायक तथा झण्डा जलाउने ग्याल्जोङ दोर्जे तामाङ पनि छन्। उनीहरूविरूद्ध राज्य विरूद्धको अपराध, साइबर अपराध र राष्ट्रिय झण्डा जलाएको लगायतमा अनुसन्धान आकर्षित हुने महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए।

उक्त म्युजिक भिडिओ मकवानपुरको बागमती गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर