२ चैत्र २०७७

यस वर्षको क्यान इन्फोटेक २०७८ साल वैशाख २८ गतेदेखि हुने भएको छ ।
कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) ले पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।

मेला वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा हुने छ ।

कोभिड महामारीका कारण यस वर्ष विगतको भन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको  हो ।

क्यान मेला प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् ।

सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।

यस वर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो ।

क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय