२४ फागुन २०७७

नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।

सर्वाेच्चको फैसलापछि सोमबार मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर