१९ फागुन २०७७, बुधवार

मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग नेपाल र भारतको दोहोरो नागरिता भएको आरोप लगाउँदै चारजना वडा सदस्यले कारवाहीको माग गरेका छन् ।

उनीहरुले पत्रकार सम्मेलनमार्फत आफ्नै वडा अध्यक्षमाथि कारवाहीको माग गरेका हुन् ।

अध्यक्ष मियाँले दिल्लीमा बस्दा आधार कार्ड बनाएको स्वीकार गर्दै आफू भारतीय नागरिक नभएको बताउनुभयो ।

चारवर्ष अगाडीसम्म दिल्लीमा मेरो व्यवसाय थियो, अध्यक्ष मियाँले भन्नुभयो–त्यो कुरा अहिले पत्रकार सम्मेलन गर्नेहरुलाई चुनावकै बखत पनि थाहा थियो । आधार कार्ड बनाएपछि बस्नका लागि सहज हुने भएका कारण बनाएको बताउँदै अध्यक्ष मियाँले भारतीय नागरिक भएको पुष्टि हुने अन्य कागजात नभएको दावी गर्नुभयो ।

वडा सदस्यहरुले पत्रकार सम्मेलनमा वडा अध्यक्ष मियाँले ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधारकार्ड भेटिएको बताएका छन् । उक्त आधारकार्डमा १९७९–१–१ लेखिएको छ ।

नेपाली नागरिकता मा भने नुरुलको जन्म २०३६ बैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ नम्बरको र जारी मिति २०५५ असार ५ गते भएको पाईएको छ ।
आधारकार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खाता समेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९) मा एटिएम समेत लिएको देखिन्छ ।

उनले बैंकमा ९०६५६८८१९८ नं.को भारतीय सम्पर्क नं. राखेका छन् । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मिया सोनापुर वडा नं. ८ अररिया देखिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर