६ फागुन २०७७
सडक विभागको महानिर्देशकमा ई–अर्जुनजंग थापा नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरिय निर्णयले थापालाई विभागको महानिर्देशकमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए ।
२०४९ सालमा इन्जिनियरमा सरकारी सेवा प्रवेश गरेका थापाले पुल्चोक इन्जिनियरीङ क्याम्पसबाट सिभिल इन्जिनियरङिमा मास्र्टस अफ इन्जिनियरीङ (एमई) अध्ययन पूरा गरेका छन् ।
“विभागको संस्थागत सुधार, प्रविधिक जनशक्तिको विकास गरेर आयोजनालाई गति दिने मेरो योजना रहेको छ” थापाले भने ।
यसअघि विकास सहायता कार्यन्वयन महाशाखामा प्रमुख भएर नागढुंगा सुरुङगमार्ग निर्माण आयोजनालाई गति प्रदान गरेका थापा २०६९ मा सहसचिवमा बढुवा भएका थिए ।
थापासँग पुल महाशाखा, योजना महाशाखा प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरेको अनुभव छ ।
त्यसअघि इन्जिनियर रहँदा थापाले डिभिजन कार्यलय काठमाडौं, बुटवल, नवलपरासी र पोखरामा काम गरेका थिए ।
सिडिइ हुँदा थापाले महेन्द्रनगर र बुटवल डिभिजन हुलाकी राजमार्ग र पूर्वाञ्चलमा प्रमुख भएका थापा पाल्पाका स्थायी बसिन्दा हुन् ।
मन्त्रालयले महानिर्देशक केशवकुमार शर्मालाई मन्त्रालय र पूर्वान्चल डिभिजनका निमिक्त प्रमुख शिवराज अधिकारीलाई मन्त्रालयम सरुवा गरेको छ ।
थापाको स्थानमा मन्त्रालयमा रामहरि न्यौपानेलाई पठाएको छ ।









