२ फागुन २०७७, आइतवार

बाराको सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादवले नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीसँग मिलेर माइन्युटमा कीर्ते हस्ताक्षर गरेको सम्बन्धमा कारवाही प्रक्रिया अघि बढेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सिम्रौनगढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभाको माइन्युटमा कीर्ते हस्ताक्षर गराएर नगरप्रमुख यादवलाई सघाएको आरोपमा प्रहरीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

माइन्युटमा कीर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले नगरपालिकाको योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल आइतबार अदालतमा उपस्थित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर