२६ माघ २०७७, सोमवार

एक महिलामाथि सार्वजनिक स्थलमा अश्लिल गालीगलौज र दुरव्यवहार गरेको आरोपमा नेपाल टेलिकमका सहायक अधिकृतलाई प्रहरीले आइतबार राति विराटनगरबाट नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उनी विरुद्ध दुरव्यवहार गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरी टोलीले घरैबाट नियन्त्रणमा लिएको थियो ।

कटुवाल टेलिकमको विराटनगर कार्यालयमा कार्यरत छन् ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काले पीडितको उजुरीका आधारमा छलफलका लागि प्रहरीले पक्राउ हो ।

उजुरी परेपछि दुवै पक्षबीच छलफलका लागि बोलाएका छौं, दुवै पक्षबीच छलफल भईरहेको छ, उपरीक्षक खड्काले भन्नुभयो–दुव्र्यवहार भएको कुरा पीडितले गर्नु भएको थियो ।

घटना अनुसार आफन्तले पठाएको पैसा आईएमईबाट झिकेर महिला घरतर्फ फर्कदै थिइन् ।

त्यही बेला मोटरसाइकलमा रहेका उनले बाटो छेकेर सार्वजनिक स्थलमा दुरव्यवहार गरेको जानकारी प्रहरीले दिएको छ ।

घटनास्थल विराटनगरको बरगाछी आसपासमा रहेको प्रहरीले जनाएको छ ।

आफ्नो काममा रहेकी महिलामाथि अश्लिल गालीगलौज गर्दै सार्वजनिक स्थलमा दुरव्यवहार गरेको गुनासोका आधारमा दुवै समुहलाई छलफलमा राख्न कटुवाललाई जिल्ला प्रहरीमा झिकाइएको एसपी खड्काले जानकारी दिनुभयो ।

पीडित महिलाले साँझ घटना विवरण खुलाएर उजुरी दिएपछि कटुवाललाई राती नै प्रहरीले जिल्लाबाट टोलि पठाएर पक्राउ गरेको थियो ।

कटुवालले यसअघि पनि ति महिलामाथि विभिन्न गालीगलौज र दुरव्यवहार गर्ने गरेको पाइएको छ ।

बारम्बार घटना दोहोरिन थालेपछि प्रहरीमा उजरी परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर