२६ माघ २०७७, सोमवार

सरकारले आज सोमबारदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्दैछ ।

दोस्रो चरणको खोप अभियान एक हप्तामा सकिनेछ बताइएको छ ।

जसमा तीन लाख जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणमा बढि मानिसको भीडमा काम गर्ने र धेरै मानिसको सम्पर्कमा आउने पेशागत क्षेत्रका व्यक्तिहरु पत्रकार, बैंक, दूतावास, यूएन एजेन्सीका कर्मचारीलगायतलाई खोप प्रदान गरिने बताइएको छ ।

यसअघि १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको थियो ।

पहिलो चरण करिब एक लाख ८७ हजार जनाले खोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर