२३ माघ २०७७, शुक्रवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन् ।

शुक्रबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो । तर, केपीको नियत जालझेल मात्रै रहेछ ।’

उनले सहि विचार र नेतृत्व भए सामन्तवाद पराजित गर्न सकिने भन्दै ‘नेतृत्वको विचार गलत हुँदा सबै बिग्रिएको’ बताए ।

उनले सात दशक लडेर ल्याएको संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे ।

‘देश अँध्यारो सुरुङमा गयो ओलीका कारण ।

वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने सोचेका थिएनौँ’ प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलनमा गयांै ।’

प्रतिक्रिया

सम्बन्धित खवर