१६ माघ २०७७, शुक्रवार

रौतहटमा चुनावको तयारी तीव्र रुपमा भएको छ।।

निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार माघ १५ मतदाता नामावली तथा सोसँग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दाशले जानकारी दिनुभएको छ ।
जिल्लामा रहेका एक लाख ६२ हजार दुई सय ७४ महिला, एक लाख ९८ हजार तीन सय पैंसठी पुरुष र तेश्रो लिंगी एक जना गरी तीन लाख ६० हजार ६ सय ४० जना मतदाताहरुको नामावली प्रकाशन भएको छ ।

कसैले झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ गते स्थानीय तहको केन्द्रमा खटिएका सहायक नाम दर्ता अधिकारी समक्ष उजुरी दिन सकिने जिल्ला निर्वाचन अधिकारी दासले बताउनुभयो ।

यस अघि रौतहटमा कायम रहेको २७७ मतदान स्थलमा  दुई नयाँ थप गरी आगामी निर्वाचनको लागि २७८ मतदान स्थल कायम अनुमान गरिएको छ ।

उल्लेखित मतदानस्थल मध्ये संवेदनशील र अति संवेदनशील छुटयाउने काम जारीरहेको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर