
१४ माघ२०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल नेपाल समूहको १० सिट पनि नआउने ठोकुवा गर्नुभएको छ ।
बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा दाहाल -नेपाल समूहले १० सिट पनि नजित्ने ठोकुवा गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले दाहाल-नेपाल सफलताको बाटो तर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी पनि गर्नुभयो ।
दाहाल नेपाललाई जनतालाई कहिल्यै माफ नगर्ने भन्दै प्रधानमन्त्री ओलीले वैशाख २७ सम्म पुग्दा उहाँहरु बरफ पग्लिए जसरी पग्लिएर सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको जिकिर दोहार्याउनुभयो ।
विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उहाँले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टी एक ढिक्का बनाई अघि बढाउने दृढता व्यक्त गर्नुभयो ।