१२ माघ २०७७, सोमवार
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीको विभाजनलाई कानूनी मान्यता नदिएपछि सबैभन्दा ठूलो चोट पुगेको छ, माधव नेपाललाई ।
प्रचण्ड पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै उनको स्थानमा नेपाललाई मनोनीत गरेको थियो ।
तर, आयोगले यसलाई मान्यता नदिएर ‘नेकपामा साविककै विवरण कायम रहने’ निर्णय गरेपछि उनको अध्यक्ष पद स्वतः अवैध भएको छ ।
उनी तत्काललाई फेरि वरिष्ठ नेतामा झरेका छन् ।
प्रचण्ड–माधव पक्षको गत ७ पुसमा बसेको केन्द्रीय समिति बैठकले पहिलो अध्यक्ष केपी ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्षमा मनोनीत गरेको थियो ।
नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ ।
केन्द्रीय समितिको बहुमतले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाएको सो समूहले बताए पनि आयोगले त्यसलाई विधिसम्मत ठहर गरेन ।
र, नेपालले मनोनीत भएको ३३ दिनमा अध्यक्ष पद गुमाएका छन् ।