१२ माघ २०७७, सोमवार

मानव अधिकारवादी कृष्ण पहाडीसहितका दुई दर्जन अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति पहाडीसहितका दुई दर्जन व्यक्तिहरु पक्राउ गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य शक्तिको दूरूपयोग गरेको भन्दै अधिकारकर्मीहरू पनि आन्दोलित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर