१० माघ २०७७, शनिवार

बिराटनगर–१५ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित एक भारतिय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् ।

उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

यसैगरी झापा दमक–८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई–२ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई–८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन ।

शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनिहरु दुबै जनालाइ नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर