१० माघ २०७७, शनिवार

मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले पिकअप जलाएका छन्।

https://amzn.to/4myfPN5

शनिबार बिहान विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्।

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भीमफेदीमा सामान अनलोड गरेर काठमाडौं फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको सिमानामा जलाइएको हो।  पिकअपमा आगो लगाएर विप्लव कार्यकर्ता भागेका थिए।

पिकअपका चालक पनि फेला नपरेको प्रहरी उपरीक्षक राठौरले बताए।

मकवानपुरबाटै पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिबार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर