८ माघ २०७७, बिहिवार

सामाजिक सञ्जालमा ठगी गर्ने गिरोहका एक जनालाइ बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नं.४ बंजरिया टोल बस्ने वर्ष २७ को भोला महतो छन् ।

उनले सामाजिक संजाल वाट्स एप र ईमोको माध्यमबाट महागढीमाई नगरपालिका वडा नं.३ बस्ने दिपेन्द्र प्रसाद जयसवालसँग १ लाख ७५ हजार रुपैया ठगी गरेको आरोप छ.

.२५ लाख चिठ्ठा परेको छ उक्त रकम प्राप्त गर्न अग्रिम रू.१ लाख ७५ हजार जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन देखाई उक्त रकम ठगी गरी महतो फरार रहदै आएका थिए ।

उनलाई पक्राउ गरि ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट हिरासतमा राख्न ७ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर