८ माघ २०७७

प्रधानमन्त्री केपी शर्माओलीले आफुहरु रातो झण्डा फहराउने भएको बताएका छन् ।


प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने नभई रातो झण्डा फहराउने भएको बताएका हुन् ।

आफुहरु कसैसँग प्रतिशोध नलिने भन्दै देश बनाउनतर्फ लागेको बताए । ‘हामीलाई कसैसँग प्रतिशोध लिनुपर्ने छैन ,देश बनाउनुछ ।

उनले आफुलाई यो काम गर्न नदिन बाटो छोड्न दवाव दिइरहेको भन्दै त्यसरी बाटो नछोड्ने बताए ।

‘खुरुखूरु बाटो छोडिदिन्छ भन्ने होइन’, ओलीको भनाई छ ।

उनले समाजमा विभिन्न प्रकारका तत्व हुने भन्दै उनीहरुले जनतालाई सिनेमा देखाइरहेको बताए ।

‘समाजमा विभिन्न किसिमका तत्व हुन्छन्, तिनिहरु सिनेमा देखाउँछन् ।

सिनेमामा हिरो हिरोइन हुन्छ, लभ परेको हुन्छ, हिरोइन घाइते हुन्छे । हिरो रुन्छ । वास्तममा त्यो केही पनि होइन । त्यो सबै तमासा हो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई संकेत गर्दै ओलीले उनीहरुले तमासा र सिनेमा देखाइरहेको बताए ।

‘मति ठिक ठाउँमा भएन भने बुद्धिमान मतिभ्रष्ट भयो भने खतरानाक हुन्छ ।

बुद्धिमान चोर भए प्रहरीले पनि पक्रन सक्दैन’ओलीको तर्क थियो ।
जिम्मेवारीका साथ राजनीतिक लडाइ लडिरहको भन्दै उनले विचारमा प्रस्टता भएकाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्नतिर आफु लागिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर