८ माघ २०७७, बिहिवार

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । निमार्ण सामाग्रिलिन कावेली तर्फ जादै गरेको मे १ त २४१२ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका वडा नं ८ ल्याङ्बामा बिहिवार विहान दुर्घटना भएको हो ।
घाईते हुनेमा चालक पाँचथर भारपाका २४ वर्षीय उमेश सोनम र सह–चालक फिदिम २ का २३ वर्षीय वीर बहादुर नेपाली रहेका छन् ।

घाईतेहरुलाई उपचारको लागि ताप्लेजुङ अस्पतालमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टर सडकवाट करिब २० फिट तल झरेको र आगो समेत लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर