८ माघ २०७७, बिहिवार

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ गतेदेखि धार्चे पर्यटन महोत्सव हुने भएको छ ।

धार्चे पर्यटन प्रवद्र्धन समितिको आयोजनामा माघ २५ गतेसम्म महोत्सव हुने भएको हो ।

समितिले सदरमुकाममा पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिएको हो ।

समितिका अध्यक्ष मणी गुरुङले धार्चेका पर्यटकीय गन्तब्यको पहिचान र प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन तथा स्थानीयस्तरमा रोजगारीको सृजना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जानकारी दिए ।

महोत्सव अवधिभर क्यानोनिङ, रक क्लाइम्बिङ, जीपलाइन, बिच क्याम्पिङ, ¥याफ्टिङलगायतका साहसिक तथा मनोरन्जनात्मक खेल हुने उनको भनाइ छ । तातोपानीबाट माछाखोला हुँदै खानीबेसी बगरसम्म करीब डेढ घन्टा ¥याफ्टिङ हुनेछ ।

यसका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।

विभिन्न खेलका अतिरिक्त महोत्सव अबधिभर सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

मेलामा हुने विभिन्न खेलमा करीब ५ सय जना सहभागी हुने आयोजकको अपेक्षा छ ।

मेला सम्पन्न गर्न करीब १८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर