७ माघ २०७७, बुधवार

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट सुरु भएको छ ।

प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमको बचाउ गर्दै जनता सामु नयाँ जनादेशको विकल्प नभएको बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बानियाँले प्रतिनिधि सभा विघटन गरेर नेकपाले आम नेपाली जनतामा वितृष्णा जगाउने काम गरेको आरोप लगाउनुभयो ।

नेता बानियाँले नेकपा नफुटेको भए मिलेर अघि बढ्न शुभकामना दिनुभयो ।

नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमरेड होइन प्रतिगमनकारी भन्छौ भन्दै उहाँले जनताको लागि केही गर्न नसकेको आरोप लगाउनुभयो ।

बैठकमा प्रदेश सभा सदस्य रमेश पौडेल, रिता माझी, रिना गुरुङ, सुरेन्द्रराज गोसाईले आफ्ना भनाइ राखेका थिए ।

सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र, विधेयक प्रमाणिकरणको पत्र र प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउनुभएको थियो ।

सभामुखले अर्को सुचना नभएसम्म बैठक स्थगित गरिएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर