३२ श्रावन २०७७, आइतवार

कपिलवस्तुमा निषेधाज्ञाको अवधि थप गरिएको छ । साउन ३२ गते रातीसम्म जारी गरिएको निधेषाज्ञा थप गरेर भदौ ७ गतेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले अत्यावश्यक क्षेत्रबाहेकका कुनै पनि क्षेत्र सञ्चालन गर्न नपाइने जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना निकालेर निषेधाज्ञाको पालना नगरेको पाइएमा कार्बाही गर्ने जनाएको छ ।
कपिलवस्तुमा कोरोना सक्रमणका कारण २ जनाले ज्यान गुमाईसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर