२८ पुस २०७७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

लमजुङ सुन्दरबजार नगरपालिका–३ मा आज कांग्रेस वडा भवनको शिलान्यास कार्यक्रममा उनले भने, “संविधानको मर्म तथा विधिअनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन ।’’

जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु जान तयार रहेको उनले प्रष्ट पारे ।

सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय गरेमा निर्वाचनमा भाग लिनुपर्ने भन्दै कार्यकर्तालाई तयारी रहन समेत उनले आग्रह गरे।

पार्टीको महाधिवेशनभन्दा पनि अहिलेको परिस्थितिमा जनताको मत र अधिकारको रक्षा गर्नु महत्वपूर्ण कुरा भएकाले मध्यावधि चुनावका लागि तयार हुनुपर्ने उनको भनाइ छ ।

नेता रिजालले संसद् विघटनको विषयमा भावना र अनुमानको भरमा व्याख्या गर्दै नबोल्न कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर