
९ पौष २०७७, बिहिवार
पाल्पा जिल्लाको माथागढी गाउँपालिका अन्तर्गतको “पाल्पा-खहरे-फेदी-ज्यामिरे-दान्सिघा-गोफदी हुँदै गढिबारी-सिमलधारामा पहिलो चोटी बस पुर्याइएको छ।
यसरी उक्त स्थानमा बस पुर्याउन अहम भुमिका खेल्ने बस ब्यबसायी सुदर्शन रायमाझी ,अनिल थापा,चालक- भिमु र वडा नं.-४, झडेवाका वडा- अध्यक्ष मधु पराजुली लगायतलाई खुशी साटासाट गरि त्यहाँका स्थानीय बासीहरुले फुलमाला र अबिर लगाई भव्य स्वागत गरेका थिए।
वडा अध्यक्ष पराजुलीले आफ्नै कार्यकालमा नै रम्भा गाउँपालिकाको हुमिन र पूर्वखोला गाउँपालिकाको देवीनगरसँग समन्वय गरि माथिल्लो मकले हुँदै देवीनगर सम्म बाटोको स्तरोन्नती गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।