९ पौष २०७७, बिहिवार

सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई १० लाख आर्थिक सहायता दिने निर्णय गरेकोहो ।

गत असोज २१ गते छिमेकीसँग विवादका क्रममा कुटपिटबाट घाइते महेन्द्रको वीरगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

नेपाली कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबीसहित मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्तिस्वरूप मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जनभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र नेताहरु डा. अमरेशकुमार सिंह, वीरेन्द्रकुमार सिंह, उपेन्द्र कुशवाहालगायतको नेतृत्वमा निरन्तर आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले उचित आर्थिक सहयोग उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

मृतक महेन्द्रको शव अझै पनि वीरगञ्जको अस्पतालमै रहेको पीडितका आफन्तजनले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर