मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित पथरी नगरपालिका-९ बस्ने धनकुटा फलाटे घर भएका २५ वर्षीय धन बहादुर रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बिओपी रानी र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, बीरगंज महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुर्फिन र ७ सय एम्पुल फेनारगन सहित सोही महानगरपालिका-१६ डेरा गरी बस्ने सर्लाही सुन्दरपुर गाउँपालिका-६ घर भएका ३० वर्षीय मेघु मुखियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मेघुले बोकेको कालो झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार