विराटनगर महानगरपालिका-४ स्थित नोबेल अस्पतालको परिसरमा पार्किङ गरी राखेको को.३९ प २४४२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका बस्ने २० वर्षीय विवेक थन्दार, २० वर्षीय अमन थन्दार, बुढिगंगा गाउँपालिका-२ बस्ने २० वर्षीय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका-१० बस्ने २० वर्षीय नगेन्द्र चौधरी रहेका छन् ।
आइतबार बेलुका अस्पताल परिसरबाट उक्त मोटरसाईकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-४ स्थित बुढाथोकी मार्गबाट प्रदेश.१-०२-०४२ प ७३४८ नम्बर राखेर नम्बर प्लेट परिवर्तन गरी मोटरसाईकल डोर्‍याउँदै ल्याई रहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर