
८ पौष २०७७, बुधवार
बझाङ जिल्लाको केदारस्यु गाउँ पालिका वडा नम्बर ४ का तेजबहादुर बिकलाई मलेसियामा रहेका नेपालीहरुले सहयोग गरेका छन । दुबै मृगौला फेल भएका विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले सहयोग रकम संलकन गरी पठाएको छ ।
समाजका कोषाध्यक्ष धन बहादुर भाटको पहल
मा संकलन भएको रकम५९,८८६ रुपैयाँ परिवारलाई पठाईएको हो । अभियानबाट संकलन भएको रकम ९आइएमई०मार्फत भारत पठाएको अभियानका संयोजक धनबहादुर भाटले बताउनुभयो।
बिकको दुई वटा मृगौला फेल भएपछि भारतको नर्थ ब्याङलोर अस्पतालमा आफन्तहरु,समाजसेवि र विभिन्न अभियान्ताहरुको सहयोगमा उपचार भइरहेको छ ।