सुनसरी,२०७७ पुस ६ गते
भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी २१ बोतल र नाइट्रोसन १ सय ८० ट्याबलेट सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका-२ बस्ने ३७ वर्षीय सुरज राम र भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ३६ वर्षीय महेन्द्र यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले साईकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर