१ पुस, २०७७
कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो ।
सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरि पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।