भक्तपुर,
मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट जिउँदो सालक सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने धादिङ शितली गाउँपालिका-३ झार्लाङदी घर भएका २७ वर्षीय धुर्व बहादुर मगर र काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने धादिङका ३१ वर्षीय भिम बहादुर मगर रहेका छन् ।
उनीहरुबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भिम बहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त सालक लिएर हिँडीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइने जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर