२२कार्तिक २०७७                                             रामपुर नगरपालिका –८ ढकालचौपारी बस्ने ६९ वर्षीय मनकुमारी श्रेष्ठको घरबाट लुटपाट गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया राममाया श्रेष्ठ र स्थानीय ३० वर्षीय माधव पंगेनी पक्राउ परेका छन् ।

गत मंगलबार खुकुरी देखाएर उनीहरुले सुन र नगद लुटपाट गरेका थिए । मंगलबार बिहान साढे १ बजेको समयमा रामपुरमा १२ लाख रुपैयाँ बढीको सुन र नगद लुटपाट भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीका अनुसार वर्ष ३५ कि घरकै बुहारी राममाया र वर्ष ३० को माधव पंगेनीको मिलेमतोमा योजना बनाइ डाँकाचोरी गरि लुकाइ छिपाइ राखेको गहना र नगद प्रहरीले बरामद गरिएको छ । मनकुमारीको घरबाट नगद ३ लाख ५८ हजार रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको सुनका गरगहना लुटपाट भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर