
१८ कार्तिक २०७७ विराटनगर स्थित न्युरो कोभिड-१९ अस्पतलमा मंगलबार विहान २ संक्रमितको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मोरङका दुई शिक्षकको पनि मृत्यु भएको समाजिक विकास मंत्रालयले जनाएको छ ।
विराटनगर ११ का ४९ बर्षका पुरुषको र सुनसरी धरान १५ का ६३ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ । कात्तिक १४ गते पोजेटिभ रिपोर्ट आएपछि स्वास्थ्यमा समस्या भएर विराटनगरका पुरुष न्युरो अस्पतालमा भर्ना भएका थिए ।
मृतक पुरुषमा स्वासप्रस्वासको समस्या थियो भने धरानका पुरुषको असोज २७ गते पोजेटिभ रिपोर्ट आएको थियो र कात्तिक १२ गते अस्पताल भर्ना भएका उनको पनि उपचारको क्रममा मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ ।
धरानका मृतक पुरुषमा क्यान्सर रोग थियो भने मधुमेयको विरामी भएको सो अस्पतालले जनाएको छ । मोरङको केरावारी स्थित मछिन्द्र मावि केराबारीका ५० बर्षका शिक्षकको धरान स्थित विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार केन्द्रमा मंगलबार विहान मृत्यु भएको हो । उनी नसासम्बन्धी रोगबाट पिडित थिए र संक्रमण पुष्टि भएपछि स्वासप्रस्वासमा समस्या आएर अस्पताल भर्ना गरिएको थियो ।
विराटनगर स्थित जनपथ मावि विराटनगरका ५४ बर्षका शिक्षको न्युरो कोभिड अस्पतालमा सोमबार बेलुका मृत्यु भएको हो । उनमा मृगौला र मुटु सम्बन्धी रोग थियो भने उनको असोज २८ गते कोरोना पोजेटिभ देखिएको थियो उपचारको क्रममा उनको मृत्यु भएको न्युरो कोभिड अस्पतालले जनाएको छ ।
उपचार गर्न आएका संक्रमितहरुमा सासफेर्न समस्या भए पछि अस्पताल भर्ना गरिएको थियो भने उनिहरुको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।