काठमाडौं,२०७७ असोज २४ 

     बाँके, नेपालगंज उपमहानगरपालिका-१७ बाट सोही उपमहानगरपालिका-१६ बस्ने २५ वर्षीय साहबुदिन अन्सारीलाई ८ सय मिलीग्राम ब्राउनसुगर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट सोही नगरपालिका-१३ बस्ने २६ वर्षीय बालगोबिन्द राना सहित ३ जनालाई १८ ग्राम ४ सय १० मिलीग्राम लागूऔषध ब्राउनसुगर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर