१३ असोज २०७७, मंगलवार

बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा  फलफूल रोपण शुरु गरेको हो ।

यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार ५०० फलपूmलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए ।

“वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्”, अध्यक्ष न्यौपानेले भने, “हामीले बाँदरका मन पर्ने फल वनमा भेटिउन् भनेर यस पालिदेखि सघन फलफूल रोपण शुरु गरेका हौँ ।” यस क्रममा यसपालि  अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर