९ असोज २०७७, शुक्रवार

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित शाह पार्टी प्यालेशमा रहेको इनारमा पसेर बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।पानी तान्ने मोटरपम्प बिग्रिएको कारण मर्मत गर्नको लागि इनारभित्र पसेका उनीहरुको शव आज फेला परेको हो ।
पार्टी प्यालेस संचालकका छोरा ३० बर्षीय सुरज साह मोटरपम्प मर्मत गर्नको लागि इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय १६ बर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए । दुबैजना बाहिर नआएपछि नेपाली सेनाले उनीहरुलाई इनारभित्र पसेर खोजी गर्दा
उनीहरुको शव फेला परेको हो । शवलाई पोष्टमार्टमका लागि हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर