जि.के. पाण्डेय।
भदौ ३१,
स्कुल अफ डेमोक्रेसी स्याङ्गजाले हस्तान्तरण गर्यो फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड।
नेपाल लगायत बिश्वभर नै लोकतान्त्रिक अभ्यासको संस्थागत बिकास र संबिधानको मुल मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान पुर्याउदै आएको संस्था स्कुल अफ डेमोक्रेसीले स्याङ्गजा जिल्लाका ११ ओटै स्थानिय तहहरुलाई फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण गर्ने कार्यक्रम अनुसार आज गल्याङ्ग नगरपालिका र काली गण्डकी गाउँ पालिकामा सो स्टेण्ड हतान्तरण गरेको हो।
भर्खर मात्र जिल्ला कार्य समिति गठन प्रक्रिया सकेको यो संस्थाले कोरोना महामारी सँगको लडाइँमा आँफुहरु पनी सँगै रहेको जानकारी गराउने उद्देश्यले यो कार्यक्रम अगाडि ल्याएको यस संस्थाका जिल्ला सभापति अनुप श्रेष्ठले लुम्बिनी खबरलाई जानकारी दिनुभयो।
उक्त स्यानिटाइजर स्टेण्ड ग्रहण गर्दै काली गण्डकी गाउँ पालिका उप-प्रमुख साबित्रा कोइरालाले यो कोरोना सँगको संघर्षमा स्कुल अफ डेमोक्रेसी जस्ता संघ संस्थाको साथ र सहयोगले हामीलाई कोरोना सँग लड्न थप हौसला मिलेको बताउनु भयो।
गल्याङ्ग नगरपालिका पश्चात काली गण्डकी गाउँ पालिका आयोजित उक्त स्टेण्ड हस्तान्तरण कार्यक्रममा काली गण्डकी गाउँ पालिका उप-प्रमुख साबित्रा कोइराला,प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली,ने.का.काली गण्डकी सभापति धन बहादुर राना,वडा नं ४ का अध्यक्ष चक्रपाणी पाण्डेय,नेपाल पार्टी प्यालेस तथा क्याटरिङ्ग ब्यबसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेय,नेपाल विद्यार्थी संघका नारायण पाण्डेय,स्कुल अफ डेमोक्रेसीका सभापति अनुप श्रेस्ठ,उपसभापति सागर कुँवर कोषाध्यक्ष साधना न्यौपाने,लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिब राजु डुम्रेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर