उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।

स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।

काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने ,भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर