२१ भाद्र २०७७, आइतवार

पाल्पामा  आइतवार १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आइतवार प्राप्त नतिजामा १६ जना कोरोना पोजेटिभ थपिएका हुन् ।

थपिएकाहरुमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म जिल्लाभर ६ सय ६ जनामा कोरोनाको संक्रमण भएको छ ।

पाल्पामा ५ सय ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ यस सँगै जिल्लामा कुल संक्रमण ६ सय ६ जना पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर