
१९ भाद्र २०७७, शुक्रवार
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको र अस्पताल निर्मलीकरण गरेपछि २४ घण्टापछि संक्रमण नभएका स्वास्थ्यकर्मी र कर्मचारीले सुरक्षा मापदण्ड अपनाएर सेवा सुरु गरिने अध्यक्ष एजाज आलमले बताए ।