गैंडाकोट,१९ भाद्र २०७७, शुक्रवार

पूर्वी नवलपरासीमा १७ जना सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान जारी विज्ञप्ति अनुसार नवलपुरको गैंडाकोटमा १६ जना र देवचुलीमा १ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी तनहुँको भानु र म्याग्देमा १/१ जना तथा कास्कीको पोखरा महानगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १५ मा कार्यरत ७ जना कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकीमा १ जना र बाग्लुङको ताराखोलामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपुरमा शुक्रबार थपिएका १७ जना सँगै नवलपुरमा संक्रमितको संख्या ५ सय १७ पुगेको छ ।
गैंडाकोट नगरपालिका १ का २६ वर्षका दुई पुरुष, ५२ वर्षका १ पुरुष र १८ वर्षीय १ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी गैंडाकोट ५ मा २५, २९ र ५७ वर्षका ३ जना पुरुष, २८ र ५९ वर्षका २ जना महिला, गैंडाकोट ४ का ४२ वर्षीय पुरुष, २० वर्षीया महिला र गैंडाकोट २ का ३५, ३६, ४०, ४८ वर्षीय पुरुष, ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी देवचुली नगरपालिका ७ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । नवलपुरमा अहिलेसम्म कोरोना संक्रमित भै मृत्यु हुनेहरू २ जना पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर