१९ भाद्र २०७७, शुक्रवार
पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रिब्दिकोट गाउँपालिकाका १ जना महिला र तानसेन नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । तानसेन १० का दुई जना र तानसेन ११ र १४ का १/१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यो सहित पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८८ पुगेको छ । सङ्क्रमितमध्ये ५ सय ६२ जना निको भएर घर फर्किएका छन् भने, २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा अहिले २४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौं ५ गतेदेखि निषेधाज्ञा जारी राखिरहेको छ । दोश्रो चरणको निषेधाज्ञा आज राती १२ वजे सकिदैछ । फेरी निषेधाज्ञा वढ्ने वा नवढ्ने भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।