
१६ भाद्र २०७७, मंगलवार
रुपन्देहीमा हाल सम्मकै बढी ७३ जनामा कोरोना सक्रमण देखिएको छ । आज थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १हजार ७४ पुगेको छ ।
आज बुटवल उपमहानगरपालिकामा ३१ जना, तिलोत्तमामा २० जना, रोहिणीमा १५ जना, सिद्धार्थनगरमा ५ जना, सियारीमा १ र देवदहमा १ जनामा थप संक्रमण देखिएको छ । जिल्लामा ४३५ जना निको भएर फर्किसकेका छन भने ६२९ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।