१६ भाद्र २०७७, मंगलवार
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
जिल्लाको दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिदा बेदकोट नगरपालिका वडा नम्वर १० का ३७ बर्षीय धने पार्कीको मृत्यु भएको छ ।
मोटरसाइकल चालक लालझाँडी गाउँपालिका वडा नम्वर ४ का ३० बार्षीय दिलेन्द्र पन्त पनि घाईते भएका छन्। घाइते पन्तको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।