१६ भाद्र २०७७, मंगलवार
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले आजदेखि सेवा दिन थालेको छ।
शनिबार बन्द गरिएको उक्त अस्पतालले साेमबार साँझ ५ बजेदेखि यी दुई सेवा सञ्चालन गरेको हो।अस्पताल विकास समितिको बैठकले सङ्क्रमण रोकथामका लागि स्यानिटाइजेसन, आइसोलेसन र अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा भर्ना भएका बिरामीको स्वाब सङ्कलनपछि सेवा सुरु गरेकाे हो।अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी गरी ५० जनाको स्वाब सङ्कलन गरिएकामा ९ जनाको रिपोर्ट पोजिटिभ आएपछि बन्द गरिएको थियो।