१६ भाद्र २०७७, मंगलवार
पाल्पाको रिब्दिकोट गाँउपालिका २ लघुवामा दुई ट्रक ठोक्किँदा दुई जना घाईते भएका छन ।
मंगलबार बिहान परासीबाट गुल्मीको खैरेनी तर्फ सिमेन्ट लिई जाँदै गरेको लु १ ख ७८२६ नम्बरको ट्रक र बिपरित दिशाबाट आईरहेको ना ३ ख ५७०५ नंम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन ।
सिमेण्ट लादै गरेको ट्रकसडक देखी करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटना ग्रस्त ट्रकको चालक रुपन्देही सुद्धोधन गाँउपालिका ५ बस्ने बर्ष ३० का राम अवतार थारु र सह चालक रुपन्देही तिलोत्तमा १४ बस्ने बर्ष १८ का देबनारायण थारु घाईते भएका छन । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर