२०८१ साउन ९ गते

बेलायतको लण्डनमा नेपाली फिल्म फेस्टिभल २०२४ सम्पन्न भएको छ । असार २३ देखि साउन ५ गतेसम्म फेस्टिवल भएको थियो । सो अवसरमाप्रदीप शाहीको ‘अन्तिम संस्कार’, विक्रम सापकोटाको ‘हल्कारा’, देव थापाको ‘टुल्की’, सुदर्शन थापाको ‘प्रसाद २’ को प्रदर्शन गरिएको थियो ।

फेस्टिभलमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई दीर्घसाधना सम्मान प्रदान गरियो । सो अवसरमा विभिन्न विधामा फिल्म र फिल्ममेकरलाई पुरस्कृत समेत गरियो । प्रदीप शाहीले निर्देशन, दीया पुनले अभिनेत्री र रविन आचार्यले छायांकन विधामा जुरी अवार्ड प्राप्त गरे ।

क्रिटिक्स अवार्ड विधातर्फ ‘हल्कारा’ निर्देशक सापकोटा, पटकथा लेखनमा ‘प्रसाद २’ का सुशील पौडेल, ‘हल्कारा’ अभिनेता महेश त्रिपाठी र ‘हल्कारा’ अभिनेत्री विनिता मगर उत्कृष्ट भए ।बेलायत निवासी फिल्म निर्मात्री परी थापा र एक्टर चिपालु थापालाई डायस्पोरा सम्मान प्रदान गरियो । थर्ड आइ लण्डनले फेस्टिभलको आयोजना गरेको थियो । फेस्टिभलमा सहभागी हुन नेपालबाट भुवन केसी, प्रदीप खड्का, पूजा शर्मा, बेनिशा हमाल, नरेन खड्का, कविता नेपाली, दिनेश डीसी, रुपक डोटेल, शर्मिला बर्देवा लगायतका कलाकार लण्डन गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर