कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको निधन भएको छ । ७२ वर्षिय वडा अध्यक्ष सिंहको आज बिहान उपचारको क्रममा बुटवलमा निधन भएको हो ।  उनी नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । सिंहको अन्तीम संस्कार भोली सोमबार दिउँसो १२ बजे बुद्धभुमीको महादेवा घाटमा गरिने नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर