१४ भाद्र २०७७, आइतवार
रोटरी क्लव अफ वुटवल चौतारीले कोरोनाको संकटमा परेका बिभिन्न क्षेत्रहरुम सहयोग प्रदान गरेको छ । मानव सेवा आश्रम बुटवल, नेपाल अपांग आश्रम देविनगर र प्रहरी कार्यालय मंगलापुरमा पुगेर क्लवले सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
क्लवले १ हजार ४ सय ३० थान मास्क, ४० लिटर सेनीटाईजर, ३ वटा सोलार लाईट र बृद्धबृद्धाको लागि आवश्यक पर्ने डाईपरहरु प्रदान गरीएको क्लवका अध्यक्ष थानेश्वर पाण्डेले जानकारी दिए ।
४३ सदस्य रहेको क्वले सामाजिक कार्यहरु गर्दै आइर्एरहेको छ । क्लवले गत साउन महिनामा रक्तदान गरि ६७ युनिट रगत संकलन समेत गरेको थियो ।